सिलगढी (पश्चिम बंगाल): सिक्किमको सिङताम नजिकै साङ्खोलामा एउटा भीषण दुर्घटना हुँदा दुई पर्यटकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सिङताम नजिकैको रानीखोला नदीमा चारचक्के गाडी खस्दा यसमा सवार रहेका ६ जनाको मृत्यु भएको छ। गाडी शनिबार बिहान सिलगढीबाट गान्तोक जाँदै गर्दा रानीखोलामा खस्यो। दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ। मृतक मध्ये एक जना कोलकाता निवासी रवीन्द्रनाथ पाल (७२) छन्। समाचार लेखुन्जेलसम्म मृतक चालकको सनाखत हुनसकेको छैन। पुलिसले दुवै जनाको शव बरामद गरी पोष्टमार्टमका लागि पठाएको छ। यसैबीच, घाइतेहरुलाई उद्धार गरी सिङताम अस्पतालमा भर्ना गरिएको छ। पुलिस स्रोतका अनुसार गाडीमा सवार रहेका यात्रु सबै कोलकाताका बासिन्दा हुन्। उनीहरुमध्ये एक ४ वर्षीय बालक पनि छन्। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।













