सिलगढी: रेलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। घटना बागडोग्राको गोंसाइपुर रेलवे लाइनमा भएको हो। सिलगढीबाट राधिकापुर जाँदै गरेको राधिकापुर रेलको ठक्करबाट गोन्साइपुरमा एक वृद्ध दुर्घटनाको शिकार भएका छन्। पछि बागडोग्रा रेलवे स्टेशनको आरपीएफ र बागडोगरा थानाको पुलिस घटनास्थलमा पुग्यो र शवलाई बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। मृतकको अझै सनाखत हुनसकेको छैन। वृद्धले रेल लाइन पार गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने पुलिसले अनुमान गरेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।











