आरपीएफको सक्रियतामा तस्करीको जालोमा पर्नअघि नै जोगियो बालिका

जलपाईगढी: असमकीबालिकालाई आरपीएफले तस्करी हुनबाट बचाएको छl शनिबार बिहान करिब ९ बजे असमबाट पुलिस उनलाई लिन आएको थियो। असमक चिया श्रमिककी छोरीलाई कामको प्रलोभनमा दिल्ली लगिएको थियो। गोप्य स्रोतबाट सूचना पाएपछि जलपाईगढी रोड स्टेशनको आरपीएफको विशेष टोलीले अभियान शुरु गरेको थियो। शुक्रबार बिहान दिल्ली जाँदै गरेको ब्रह्मपुत्र मेलबाट बालिकालाई उद्धार गरियो। तस्करीको आरोपमा सीता बडाइक नामकी एक महिला पक्राउ परेकी छन्।

जलपाईगढी रोड पुलिस स्टेशनले यस घटनाको बारेमा असम पुलिसलाई जानकारी गरायो। खबर पाएपछि असम पुलिस आज बिहान जलपाईगढी रोड स्टेशन पुग्यो। जलपाईगढी रोडका पुलिस अधिकारी विप्लव दत्तले आवश्यक कानुनी कारबाही पछि बालिका र आरोपी महिला दुवैलाई आजै बुझाइने बताए। उनका जेठा दाजु पनि बालिका लिन आएका छन्। आज बालिकाको जेठा दाजुले भने, ‘मेरी बहिनी १४ तारिख बेपत्ता भएकी थिइन्। १६ तारिख स्थानीय पुलिस चौकीमा लिखित उजुरी दयारा गरेको थियो। मैले बहिनीको बारेमा जानकारी पाएँ र त्यसपछि म जलपाईगढी आएँ। मेरी बहिनीलाई ल्याउने महिलालाई म चिन्दिन। उनलाई कामको प्रलोभनमा पारेर बेच्ने उद्देश्यले दिल्ली लैजाँदै थिइन्।‘ उही समयमा असमका एक पुलिस अधिकारीले भने, ‘हामी बालिका र तस्करीको आरोप लागेकी महिलालाई लिन आएका छौं।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement