चकुलिया बस दुर्घटनामा दुई जनाको मृत्यु, कैयौं घाइते

IMG-20240518-WA0113

उत्तर दिनाजपुर:

चकुलिया: चकुलिया पुलिस चौकी अन्तर्गतको मनोरा क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग नं. ३१ मा आज बिहान बस दुर्घटना भएको हो। यस घटनामा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार बस आज बिहान कोलकाताबाट सिलगुडी जाँदै थियो।
त्यसपछि बस अनियन्त्रित भई चकुलिया पुलिस चौकी अन्तर्गतको मनोरा क्षेत्रस्थित राष्ट्रिय राजमार्ग नं. ३१ मा सडकमा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा धेरै जना घाइते भएका छन्। खबर पाएलगत्तै चकुलिया पुलिस चौकी काँकीको पुलिस घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पठाए। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement