हात्तीको आक्रमणमन एक महिलाको मृत्यु

IMG-20240518-WA0178.jpg

राजगञ्ज विधायकले भेटे मृतकका परिवारलाई

राजगञ्ज: राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको नाधाबाडी क्षेत्रमा हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ। आज राजगञ्जका विधायक खगेश्वर राय, जिल्ला परिषद् अध्यक्ष कृष्ण राय बर्मन र जलपाईगुडी जिल्ला परिषद्काे विद्युत अधिकारी रणवीर मजुमदारले मृतकका परिवारका सदस्यहरूसँग भेट गरेका छन्।

उल्लेखनीय छ, शुक्रबार नाधाबाडी संलग्न जंगलकाे सडकबाट हिँड्ने क्रममा हात्तीको आक्रमणमा ब्यूटी राय नामकी महिलाको मृत्यु भएको थियो। महिलाको मृत्यु भएकाे खबर पयेर प्रहरी र वन विभागका कर्मचारी त्यहाँ पुगेपछि स्थानीयले घेरा हालेर उनको विरोध गरे। हेर्दा हेर्दै केही बेरमै उनीहरुबीच कुटपिट शुरु भयो जसमा चारजना वनकर्मी घाइते भएका छन्। यसका साथै वन विभागका दुईवटा गाडीमा समेत तोडफोड भएको जनाइएको छ। उक्त घटनाका कारण क्षेत्रमा तनावको वातावरण देखिएको छ।

ब्यूटी रायको विवाह करिब तीन वर्षअघि नाधाबाडीका सतिक रायसँग भएको बताइएको छ। उनको दुई वर्षको छोरा पनि छ। हिजो भएको घटनाका कारण क्षेत्र शोकमा डुबेको छ। स्थानीयवासीले यस क्षेत्रमा वन विभागसँग थप निगरानी र वाच टावर जडान गर्न माग गरेका छन्।

खबर पाएपछि विधायक खगेश्वर राय र जिल्ला परिषद् अध्यक्ष कृष्ण राय बर्मन मृतकका परिवारलाई भेट्न पुगेका थिए। विधायक खगेश्वर रायले ब्यूटी रायको मृत्युलाई निकै दुखद घटना भएको बताए। आज परिवारलाई भेटेर समवेदना प्रकट गरेको विधायकले जानाए। उनले यस क्षेत्रमा  छिट्टै वाच टावर बनाउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement