माथाभाङ्गा बजारमा आगलागीमा ३ वटा दोकान जलेर खरानी

Screenshot_20240518_141904_Chrome.jpg

माथाभाङ्गा: माथाभांगा दुई नम्बर ब्लक अधिनस्थ रामथेंगा बजारमा भीषण आगलागी भयो। यस आगलागीको चपेटमा परेर तीनवटा दोकानरू जलेर खरानी भएको छ। घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन। गए शुक्रवार अबेर राती बजारमा आगलागी भएपछि वरिपरीका क्षेत्रहरूमा खैलाबैला भयो।

स्थानीय दाेकनेहरूले बताए, अबेर राती आगोका ज्वालाहरू देखिएपछि हतार-हतार यसको सूचना दमकल विभागलाई दिइयो। सूचना पाएर सबैभन्दा पहिला दमकलको एउटा वाहन घटनास्थलमा आइपुग्यो। पछि फेरि दुईवटा दमकल वाहन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो।

यस घटनामा कपड़ा र कस्मेटिक दाेकान जलेर खरानी भएको छ। दमकल विभागका कर्मीहरू अनुसार आगो शट सर्किटको कारणले लागेको हो। यस आगलागीमा तीनवटा दाेकान जलेर स्वाहा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement