दुई दाताले दिए आङदेम्बे सङजुम्भोलाई ३ कठ्ठा जग्गा

IMG-20240518-WA0134.jpg

झापा: झापाको दमकस्थित पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भोलाई दमक- २ का दुई जना दाताले लाखौ मूल्य पर्ने तीन कठ्ठा जमीन निशुल्क दिएका छन्।

सङजुम्भोको कार्यालय भवन निर्माणका लागि दमक-२ निवासी समाजसेवी विरवहादुर आङदेम्बेले स्थानीय भाङवारीमा रहेको आफनो नामको २ कठ्ठा र उनका भतिज जीवन आङदेम्बेले १ कठ्ठा गरि तीन कठ्ठा जग्गादान गरेका हुन्।

सङजुम्भोले १७ मई, एक कार्यक्रमका बीच जग्गादाता दुवैलाई सम्मान प्रदान गरिएको थियो। सङजुम्भो दमक नगर समितिका अध्यक्ष कमल आङदेम्बेको अध्यक्षता तथा दमक-२ का वडाअध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले द्धय दाताले पुरयाँएको यस किसिमको परोपकारी योगदान प्रंशसनीय भएको औल्याएका थिए।

सङजुम्भो दमक नगर समितिका उपाध्यक्ष कर्ण आङदेम्बेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष सापकोटा, सङजुम्भोका संस्थापक भवानी आङदेम्बे, पत्रकार सामाजिक अगुवाहरु बुद्धिमान चेम्जोङ, भक्त निङलेखु लगायतले आ-आफना बिचार राखेका थिए। सङजुम्भोका सचिव मनबहादुर आङदेम्बेले सञ्चालन गरेको कार्यक्रममा जग्गादाताका परिवारहरु, सङजुम्भोमा आवद्ध अगुवा तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

दाताले प्रदान गरेको जमीनमा शुभेच्छुक तथा आङदेम्बे दाजुभाईहरुवाट सरसहयोग जुटाएर कार्यालय भवन निर्माण गरिने लक्ष्य राखिएको सङजुम्भो नगर समितिका सदस्य देउप्रसाद आङदेम्बेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement