तुलसा देवी न्याैपाने स्मृती पुरस्कार प्रदान

IMG-20240518-WA0126.jpg

झापा: साहित्य कला सङ्गमले एक कार्यक्रम गरि तुलसा देवी न्याैपाने स्मृती पुरस्कार बितरण र सिर्जनशिल रचना वाचनकाे ३९ओै श्रृङखला, १७  मई, एक कार्यक्रमका बीच हिमालय माध्यमिक बिद्यालय दमक झापाकाे सभाहलमा सम्पन्न गरेकाे छ। सो कार्यक्रममा हिमालय माध्यमिक बिद्यालय दमक र पृथ्वी माध्यमिक बिद्यालय दमकका १०/१० जना गरि जम्मा २० जना बिद्धाथीलाई जनही रु ३०००/- का दरले पुरस्कार बितरण गरिएकाे थियाे ।साथै सो कार्यक्रममा सुर्य दर्शन साकाेसले व्याग र शैक्षिक सामाग्री बितरण गरेकाे थियाे। साथै हिमालय माध्यमिक बिद्यालयका शिक्षक टिकाराम भट्टराईलाई उत्कृष्ट शिक्षककाे रुपमा सम्मान गरिएकाे थियाे। उक्त सम्मानित शिक्षकलाई रु ५०००/- नगद सहित प्रमाण पत्र ,दाेसल्ला टीका रमाला लगाएर सम्मान गरिएकाे थियाे ।सो कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए। रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका उपाध्यक्षहरु ,यादवप्रसाद अधिकारी ,दुर्गा खनाल काफ्ले ,काेषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सदस्यहरु ओमप्रकाश गाैतम, बिरेन्द्र खडका, किराँती राजा,भुमी बास्काेटा, मेधनाथ बन्धु, गाेपाल दहाल,खेमलाल पाेखरेल, डिल्ली निराैला, भगवती दवाडी, नेत्र पराजुली, दुर्गा चम्लागाई, बिवेक दुलाल, अर्जुन निराैला ,अम्विका सापकाेटा, लगायतले वाचन गरेका थिए। हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक दाेर्ण श्रेष्ठकाे प्रमुख आतिथ्यतामा र सूर्य दर्शन साकाेशका सञ्चालक राजकुमार खडकाकाे बिशिष्ठ आतिथ्यतामा भएकाे सो कार्यक्रममा तुलसादेवी स्मृती पुरस्कारका संस्थापकहरु छविराम न्याैपाने, डा. लेखनाथ न्यापाने, गणेश न्याैपाने ,प्रदिप न्याैपाने सहितकाे उपस्थिति रहेकाे थियाे। साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे सो कार्यक्रमकाे सञ्चालन सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।साहित्य कला सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाेमा याे महिना पुरस्कार बितरण र रचना वाचन एकै साथ गरेकाे हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement