फ्रिक्वेन्सी पाए तत्कालै फाइभजी सेवा दिन तयार छौंः नेपाल टेलिकम

IMG-20240518-WA0112.jpg

झापा: नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी तय गरिदिए तत्कालै फाइभजी सञ्चालनमा ल्याउन तयार भएको बताएकी छिन्। १७ मई विश्व दूरसञ्चार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै पहाडीले व्यावसायिक रूपमा फाइभजी सेवा दिन आफूहरू तयार भएको दाबी गरेकी हुन्। “महानगरपालिका र केही सहरी क्षेत्रमा फाइभजी सेवा आवश्यक परेको छ,” उनले भनिन् “सेवा सञ्चालनका लागि हामी नियामकबाट फ्रिक्वेन्सी स्वीकृति पर्खिरहेका छौं”।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement