सोरेङ: कामलिङ स्कूल र सोमबारे स्कूल क्रमैले सोरेङ जिल्ला अन्तर विद्यालय महिला अनि पुरुष क्रिकेट च्याम्पियन बनेको छ। स्थानीय जौटार खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा महिला वर्गमा कामलिङ स्कूलले च्याखुङ स्कूललाई अनि पुरुष वर्गमा सोमबारे स्कूलले सोरेङ स्कूललाई परास्त गरेर जिल्ला च्याम्पियनको उपाधी हासिल गरेको हो।
महिला वर्गको फाइनलमा च्याखुङ स्कूलले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लियो जुन सही सावित भएन। कामलिङ स्कूलका ब्याटरहरूले उत्कृष्ट खेल देखाउँदै केवल दुई विकेट गुमाएर १२५ रन बनायो। दीक्षा गुरुङले सर्वाधिक ५४ रन बनाइन्। जवाफमा च्याखुङ स्कूलले निर्धारित १० ओभरमा एक विकेट गुमाएर केवल ७९ रन बनायो। फाइनलमा अर्ध शतक बनाउने दीक्षा गुरुङ बनिन् टुर्नामेन्टकी उत्कृष्ट खेलाड़ी।
अर्कोतिर पुरुष वर्गको फाइनलमा सोमबारे स्कूलले सोरेङ स्कूललाई आठ विकेटले परास्त गऱ्यो। सोरेङ स्कूलले पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १०४ रन बनाएको थियो। जवाफमा सोमबारे स्कूलले आक्रमक ब्याटिङ गर्दै १० ओभरमा नै लक्ष्य प्राप्त गऱ्यो। सोमबारे स्कूलका सङ्घर्ष सुब्बाले नट् आउट ९३ रन बनाएको स्कूललाई च्याम्पियन बनाउनमा महत्वपूर्ण योगदान दिए। सङ्घर्ष नै बने फानलको म्यान अफ् दी म्याच साथै म्यान अफ् दी टुर्नामेन्ट। फाइनलमा मात्र उनमे १५ वटा छक्का हिर्काएका थिए।
सिक्किम क्रिकेट एसोसिएशनको सहयोगमा सोरेङ जिल्ला क्रेकिट एसोसिएशनद्वारा आयोजित टुर्नामेन्टको विजेता अनि उपविजेता दलको निम्ति आकर्षक ट्रफीसँगै नगद पुरस्कार पनि रहेको थियो। यसै टुर्नामेन्टका उत्कृष्ट खेलाड़ीहरूलाई चयन गरेर अण्डर १५ र अण्डर १९ सोरेङ जिल्ला क्रिकेट टीम गठन गरिनेछ।









