गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले सफलतापूर्वक उद्दार कार्य सम्पन्न गरेकोमा दोस्रो बटालियन राष्ट्रीय आपदा प्रबन्धन रेस्पोन्स फोर्स (एनडीआरएफ), जिल्ला आपदा प्रबन्धन प्राधिकरण,पाकिम पुलिस र प्राथमिक स्वास्थ्य केन्द्रको योगदानको प्रशंसा गरेका छन्। उक्त टोलीहरूले एक अर्कामा तालमेल राख्दै मानिसहरूको जीवन बचाउनको निम्ति प्रतिवद्धता जनाएको प्रकाश पारेका छन्। उल्लेखनीय छ, हिजो बेलुजी साढे ६ बजी पाकिम जिल्लामा निर्माण भइरहेको जिल्ला प्रशासनिक केन्द्रमा पैह्रौ गएपछि निर्माणधीन कार्यमा खटिएका छ जना मानिसहरू वालुवामा पुरिएका थिए।यस घटनाको सूचना पाउनसाथ पाकिम जिल्लामा तैनाथ छ वटा टोलीले एक अर्कामा तालमेल राख्दै समन्वय बनाएर काम गरेपछि निर्माण कार्यको समयमा फँसेका छ जना कर्मचारीगहरूलाई सुरक्षित बाहिर निकाल्न सफल बनेको बताएका छन्। उद्दार कार्यको निम्ति राष्ट्रीय आपदा रेस्पोन्स फोर्सको नेतृत्वमा पाकिम जिल्लाका पुलिसवल, जिल्ला आपदा प्रबन्धन प्राधिकरण र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक टोलीले पनि सक्रिय़रूपमा भूमिका निर्वाह गरेको थियो। एनडीआरएफ दोस्रो बटालियनका प्रभारी अरूण कुमार गौतमको नेतृत्वमा आएको टोलीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै शीघ्र घटनास्थलमा पुगेर उद्दार कार्यमा जुटेका थिए। यसरी सबैको सहयोगमा फँसेका कर्मचारीहरूलाई सकुशल उद्दार गर्न सफल बनेको जानकारी गराइएको छ। उद्दार गरेका कर्मचारीहरूलाई शीघ्र स्वास्थ्यकर्मीहरूले आवश्यक औषधि प्रदान गर्दै उनीहरूको हेरचाह गरेको बताइएको छ।