कालचिनी- राजाभातखावा स्थित गारोबस्तीमा आज कलकत्ताबाट आएको ६ जना चिकित्सकहरूको टोलीले उत्तरबङ्गाल बन जन श्रमजीवी मञ्चको आयोजनामा सम्पन्न चिकित्सा शिविरमा आज प्रायः १५० भन्दा अधिक गाउँलेहरूलाई निःशुल्क चिकित्सा सेवा प्रदान गरेको जानकारी उत्तरबङ्गाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले दिएका छन्। आज उक्त अवसरमा कलकत्ताका ६ जना चिकित्सकहरूलाई उत्तरबङ्गाल बन जन श्रमजीवी मञ्चको तर्फबाट स्वागत जनाएको थियो भने शिविरमा उत्तरबङ्गाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेल लगायत सदस्यहरू स्वरुप साहा, सोमनाथ मुखर्जी, अरुण कुमार राई लगायत अन्यान्य सदस्यहरूको उपस्थिति रहेको थियो।

मूलतः सङ्गठनको पक्षबाट यसप्रकारको उपकारी कार्यहरू पनि गर्ने सूची अन्तर्गत आज कलकत्ताबाट आएको जेनेरल फिजिसियन, आई, ईएनटी, नर्भ्स र चाइल्ड स्पेशलिस्ट चिकित्सकहरूले निःशुल्क उपचार साथै औषधि पनि वितरण गरेको उत्तरबङ्गाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले जनाएका छन्।