घुम: घुम जोरबङ्लो महाविद्यालयको राजनीति शास्त्र विभागको आयोजनामा युवा संसद कार्यक्रम अर्थात युथ पार्लामेन्ट आयोजना गरियो। उक्त कार्यक्रम घुम जोरबङ्लो महाविद्यालयका प्राचार्य विनय गजमेरको अध्यक्षतामा सम्पन्न भयो भने निर्णायकका रूपमा डा महेश दाहाल अनि महाविद्यालयका संयोजक एवं प्राध्यापिका हिमाञ्जली तामाङ आशिन थिए। कार्यक्रमका आयोजक विभागीय प्रमुख अञ्जुला छेत्री, प्राध्यापक पुबु वाङ्दी भुटिया, प्राध्यापक अभिनय राई, प्राध्यापिका प्रशनिका तामाङ थिए।
युवा संसद कार्यक्रम अथवा युथ पार्लामेन्टमा नेशनल एजुकेसन पोलेसी, अग्नि वीर, ड्रग्स रोकथाम, मिनिमम वेजेस जस्ता विषयहरूलाई प्रकाश पार्दै जानकारी मूलक कार्यक्रम प्रस्तुत गरियो। यस कार्यक्रममा घुम बाल उच्चतर माध्यामिक विद्यालय, घुम कन्या उच्चतर माध्यमिक विद्यालय लगायत रूइया अङ्ग्रेजी स्कूलबाट प्रतिनिधि शिक्षक अनि विद्यार्थीहरू उपस्थित थिए। प्रतिभागी विद्यार्थीहरूले जल्दाबल्दा सामाजिक विषयको उठान गर्दै ती बारेमा चर्चा गरेका थिए। सामाजिक, राजनीतिक एवम् शैक्षिक विषय उठाइएको यस कार्यक्रममा सुजन राई अनि मेरिना लेप्चालाई सर्वोत्कृष्ट प्रस्तोताको उपाधि प्रदान गरियो।