बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा फूलबारी निवासी बिमारी जितेन छेत्रीलाई आर्थिक सहयोग

IMG-20240517-WA0211.jpg

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा सिलगढीदेखि केही पर फूलबारी दुई नम्बर ग्राम पञ्चायतको पश्चिमी धनतला निवासी जितेन छेत्रीको उपचारको लागि मासिक रूपमा एक हजार गरेर आर्थिक सहयोग प्रदान गर्ने वचन दिएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आज सिलगढी अन्तर्गत फूलबारीको पश्चिमी धनतलास्थित जितेन छेत्रीको वासस्थानमा पुगेर बिमारीको उपचारको लागि केही आर्थिक सहयोगसहित चाहिने खाद्यान्न सामाग्रीहरू पनि प्रदान गरेका छन्। यसको साथै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले जितेन छेत्री टके उपचारको लागि मासिक रूपमा एक हजार गरेर ब्यांक खातामा हालिदिने वचन पनि दिएका छन्। यस अवसरमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले समाचार पत्रको माध्यमबाट जितेन छेत्री विगत केही वर्षदेखि बिमार भएर पलङमा रहेको साथै उनको उपचारको लागि आमाले गुहार लगाईरहेको विषयमा जानकारी प्राप्त भएको र एक हजार रुपियाँ सरकारी भत्ताको दममा परिवार चलाईरहेको जानकारी प्राप्त भएको बताएका छन्।

परिवारमा आमा, जितेन छेत्री र दुईजना नानीहरू छन् भने पत्नीको पनि धेरै पहिला नै मृत्यु भएको थियो। यस अवसरमा बोल्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बौध्द धर्म गुरु भएको नाताले गरीब दु:खीको सहयोग गर्नु मेरो परम कर्तव्य हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement