खरिबारी: खरिबारीमा आइसक्रिम बोकेको लरी दुर्घटनामा परेको छ। खरिबारीस्थित एशियन हाइवे २ को क्वार्टर मोडमा आज प्याज बोकेको ट्रकले पहिले ब्रेक लगाएको बताइएको छ। त्यसपछि पछाडिबाट आउँदै गरेको आइसक्रिम बोकेको लरीले नियन्त्रण गुमाएर प्याज बोकेको ट्रकसँग ठोक्कियो।
घटनामा आइसक्रिम बोकेको लरीको अगाडिको भागमा क्षति पुगेको छ। ट्रक लखनउबाट सिलगढी आउँदै थियो। यसैबीच घटनालगत्तै प्याज बोकेको ट्रक घटनास्थलबाट फरार भएको छ। यद्यपी घटनामा कुनै हताहतीको खबर आएको छैन।