स्वाती मालिवाल मामलामा आतिषीको ठूलो दाबी

Swati-Maliwal

नयाँ दिल्ली: आम आदमी पार्टीकी राज्यसभा सांसद स्वाती मालीवालसँगको कथित दुर्व्यवहारको मामिलामा नयाँ ट्विस्ट आएको छ। पत्रकार सम्मेलनमा आप नेतृ आतिशीले यस घटनाको भिडीयोले सबै आरोप झुटा भएको सत्य देशसामु पर्दाफास गरेको दाबी गरिन्। स्वाती मालिवालविरुद्ध बिभव कुमारले पनि उजुरी दिएको आतिषीले बताइन्। आतिषीले भनिन् कि अरविन्द केजरीवाल जेलबाट निस्केको दिनदेखि भाजपा समस्यामा छ। उनीविरुद्ध निरन्तर षड्यन्त्र रचिएको छ। स्वाती मालिवाल यो षड्यन्त्रको अनुहार बनेको आतिषीले बताइन्।

आतिशीले भनिन् कि षड्यन्त्रको एक भागको रूपमा भाजपाले स्वाती मालीवाललाई  १३ मईमा मुख्यमन्त्री अरविन्द केजरीवालको घर पठाएको थियो। स्वाती मालिवाल यो षड्यन्त्रको अनुहार थिइन् र उनी बिना भेटघाट त्यहाँ पुगेकी थिइन्। त्यहाँ मुख्यमन्त्री उपस्थित थिएनन्, त्यसैले उनलाई बचाइयो। एफआईआरमा स्वातीले क्रूर आक्रमण भएको बताएकी छिन्। उनी पीडाले कराउँदै थिइन्। तर आज सार्वजनिक भएको भिडीयोमा भने उल्टो देखिएको छl स्वाती मालिवालको दावीमाथि प्रश्न गर्दै दिल्ली सरकारका मन्त्री तथा आम आदमी पार्टीका विधायक सौरभ भारद्वाजले एक्समा पोस्ट गरेका छन्। आज दिउँसोदेखि भाइरल भइरहेको भिडीयोको आधारमा सौरभ भारद्वाजले एक्समा पोस्ट गरेर स्वाती मालिवालको दाबीमाथि प्रश्न उठाइरहेका छन्। उनले १३ मईको यो भिडियो हेरेपछि केही कुरा बुझ्न सकिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement