खरसाङमा भारत स्काउण्ट एण्ड गाइडकाे पाँच दिवसीय नेशनल क्याम्पकाे समापन

IMG-20240517-WA0201.jpg

यस कार्यक्रमले खरसाङकाे नाम विभिन्न प्रान्तमा चिनाउने कार्य भएको छ: सभासद श्याम शेर्पा

खरसाङ: भारत स्काउण्ट एण्ड गाइडकाे पाँच दिवसीय नेशनल क्याम्पकाे समापन कार्यक्रम २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाको मुख्य अातिथ्यमा सम्पन्न भएको छ। भारतको विभिन्न प्रदेशबाट आएको स्काउण्ट एण्ड गाइडको नानीहरूले प्रथममा क्याम फायर गरेर आ-आफ्नो प्रदेशकाे जातीय लोक नृत्य र कार्यक्रमहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विशेष राजस्थान, केराला, तामिलनाडुका नानीहरूले आफ्नो जातीय नृत्य प्रस्तुत गरेका थिए भने पाँच दिवसीय क्याममा प्राप्त गरेका आआफ्नो अनुभवहरु पनि साझा गरेका थिए। कार्यक्रममा विशेष मुख्य अतिथि सभासद श्याम शेर्पालाई भारत स्काउट अनि गाईडसकाे तर्फबाट स्कार्फ, टोपी र खदार्पण गरेर सम्मान गरियो भने राजस्थानकाे नानीहरूले राजस्थानीक संस्कृति अनुसार पगडी र शल लगाएर सम्मान जनाएका थिए। उक्त कार्यक्रममा जोगेन्दर प्रसाद स्टेट कमिशिनरकाे पनि विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमबारे सभासद् श्याम शेर्पाले जानकारी गराए अनुसार खरसाङमा भारत स्काउण्ट एण्ड गाइडको पाँच दिवसीय नेशनल क्यामकाे समापन कार्यक्रममा मुख्य अतिथिकाे रुपमा उपस्थित हुनु पाउँदा खुशी लागेको कारण हाम्रो खरसाङ जस्तो सानो जग्गामा भारतकाे विभिन्न प्रान्तबाट आएर खरसाङकाे नाम विभिन्न प्रान्तमा चिनाउने कार्य भएको बताएका छन्।

उनले सबैले खरसाङ र खरसाङवासीहरुलाई एकदमै मन पराए साथै यहाँकाे मौसम अनि संस्कृति र परम्परा एकदमै मन पराएको साथै नानीहरूले जुन सम्मान जनाए विशेष राजस्थानकाे नानीहरूप्रति आभार प्रकट गर्नु चाहान्छु भनी बताएका छन्। उनले हामीले पनि विभिन्न प्रान्तकाे जातीय नृत्यहरु हेर्नू मौका पायौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement