राजगञ्ज: राजगञ्जको कराताेआ खोलाबाट एक युवकको शव फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृत्यु हुनेको नाम सञ्जित उराँ (२५) हो। उनी राजगञ्जको सुखानी ग्राम पञ्चायतअन्तर्गत बैरागीपाडाको चिया बगानमा मजदुरको रूपमा काम गर्थे।
युवक हिजो बिहान साइकल लिएर घरबाट निस्केको बताइएको छ। यसपछि उनको कुनै पत्ता लागेन। साँझ करातोआ खोलाबाट युवकको शव फेला परेयाे। करातोआ नदीमा नुहाउने क्रममा केही घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। आज शव पोस्टमार्टमको लागि जलपाईगुडी सदर अस्पतालमा पठाइएको छ। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ ।