सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर २५ को मिलनपल्ली क्षेत्रका एक वृद्धले एक प्रमोटरले करोडौं रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। वृद्धले ठगीको आरोपमा प्रमोटर विरुद्ध पुलिस कमिश्नरेट र सिलगढी थाना पुगेका छन्।
यति हुँदाहुँदै पनि उनले न्याय पाएका छैनन्। जसका कारण ७० वर्षीय ज्येष्ठ जंयतो चौधरीले मेयर गौतम देवसँग हस्तक्षेपकाे माग गरेका छन्। बृद्ध जंयतो चौधरीले बिमारीका कारण आर्थिक अवस्था नाजुक रहेको गुनासो गरेका छन्। जसका कारण छिमेकी मोहित भक्तले मेरो १० कठ्ठा जग्गामा अपार्टमेन्ट बनाउने प्रस्ताव गरेका थिए। प्रमोटर मोहित भक्तले उनलाई १८०० स्क्वायर फिटको पसल र ९०० स्क्वायर फिटको ४ फ्ल्याट र अपार्टमेन्ट निर्माणको बदलामा २ करोड रुपैयाँ नगद प्रस्ताव गरेका थिए। जसलाई उनीहरुले स्वीकार गरेका थिए।
प्रस्तावपछि मोहितले बिरामीको फाइदा उठाउँदै आफूलाई थाहै नदिई सम्झौता गरेको र गलत कागजातमा हस्ताक्षर गरी जग्गा आफ्नो नाममा गराएको बृद्धाको आरोप छ। अपार्टमेन्ट बनाउने नाममा मोहितले ठगी गरेका हुन् उनले भने।
यो ठगीको बारेमा उजुरी दिए पनि प्रहरीले कुनै कारबाही नगरेको वृद्धले बताए। जसका कारण बृद्धले यस विषयमा मेयर गौतम देवसँग हस्तक्षेप गर्न माग गरेका छन्। सोही क्रममा वृद्धाले यो समस्या समाधान नभए आत्महत्या गर्नुको विकल्प नभएको बताए।
अर्कोतर्फ, प्रमोटर मोहित भगतले यी आरोप निराधार भएको बताएका छन्। चार वर्षअघि, जंयतो चौधरीको इच्छाबमोजिम सम्झौता भएको मोहितले बताए। जंयतो चौधरीलाई हालसम्म लाखौं रुपैयाँ दिइसकेको उनल बताए। जंयतो चौधरीसँग कुनै ठगी गरेको उनले जानाए।








