सिलगढी: देशका अधिकांश भाग अत्याधिक गर्मीको लहरको चपेटामा परेका छ। यस गर्मीमा सिलगढीमा डाबको बिक्री दोब्बर भएकाे छ।
राज्यका अन्य भागहरूका साथै सिलगढीमा पनि गर्मीका कारण मानिसहरू निसास्सिएर यस गर्मीबाट राहत पाउन चिसो पानी पिउनतिर दौडिरहेका छन्। तर स्वास्थ्यप्रति सचेत मानिसहरू अन्य पिउने पानीको सट्टा फलफूलको जुस वा बोतलको पानीमा भर गरेका छन्। यस्तोमा डाबको बिक्री धेरै गुना बढेको छ।
यसैबीच बिक्री बढेसँगै डाबको मूल्य पनि बढेको छ। डाब ७० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ। तर, महँगो हुँदा पनि धेरैले यो गर्मीमा शरीरलाई स्वस्थ राख्न डाबको पानी पिएर आफ्नो शरीरलाई चिसो बनाउने गरेका छन्। शुक्रबार सिलगढीको एसएफ रोडका विभिन्न डाब पसलहरूमा मानिसहरूको भीड देखियो।
यो गर्मीबाट राहत पाउन बोतलको पिउने पानीको भाउ पहिलेको तुलनामा निकै बढेको खरिदकर्ताले बताएका छन्।
यसैबीच गर्मीका कारण डाबको मूल्य बढेको व्यवसायीले बताएका छन्। यो डाब जलपाईगुडी, नगरकाटा, मयनागुरीबाट ल्याइएको हो। गर्मीमा डाबको माग हुन्छ तर वर्षा सुरु भएसँगै माग फेरि घट्छ।