सिलगढी: दृष्टिविहीन भएर पनि विश्वदीप सोरेन भीख माग्नको सट्टा विधाननगरबाट सिलगढी आएर अगरबत्ती बेचिरहेका छन्। वहाँ एक हातमा लठ्ठी र अर्को हातमा अगरबत्ती लिएर सहरका सडकमा धूप बेचेको देखिन्छ। आफ्नो अन्धोपन हटाएर यसरी विश्वदीप आत्मनिर्भर बन्दैछन्।
विश्वदीप बाल्यकालदेखि नै देख्न नसक्ने भए पनि जीवनको लडाइँमा अगाडि बढ्ने उनको अदम्य इच्छा छ। ८ वर्षको उमेरमा उनी आफ्नो घरबाट विधाननगरको ब्लाइन्ड स्कूलमा आएका थिए । त्यहाँ उनले १२ कक्षासम्म पढे। अहिले उनी विधाननगरको ब्लाइन्ड स्कूलबाट राेजग धूप बेच्न सिलगढी आउँछन्।
विश्वदीपले आत्मनिर्भर बन्न यो बाटो रोजेका छन्। उनी हरेक दिन चार दर्जन अगरबत्ती बेच्छन् र त्यसपछि विधाननगर फर्किन्छन्। पूरै रुट एक्लै ढाक्नुपर्नले विश्वदीप सोरेनले लाठी लाठीको सहारा लिन्छन्।
‘ म विधाननगरबाट सिलगढीमा अगरबत्ती बेच्न आउँछु। सुरुमा अलि अप्ठ्यारो थियो तर अहिले सबै कुरा सिकेको छु। म आठ वर्षको उमेरदेखि नै दृष्टिविहीन विद्यालयमा बस्दै आएको छु। त्यहाँ १२ कक्षासम्म पढेँ। यसपछि मेरा आमाबुवाले मलाई घर फर्कन भने तर म घर फर्किन’ उनले बाताएक।
के कसैले उनकोाे अन्धोपनको फाइदा उठाएको छ? प्रश्न गर्दा विश्वदीपले भने कि सबै कुरा विश्वासमा निर्भर गर्दछ। म मानिसहरूमा विश्वास गर्छु। जीवन विश्वासमा आधारित छ।