तोर्षा नदीमा डुबेर एकजना महिला बेपत्ता

IMG_20220808_204849.jpg

कालचिनी: दाउरा खोज्दै जाने क्रममा तोर्षा नदीको बाँधमा अड़किएको एउटा दाउरा तान्न गएकी दलसिंहपाड़ा रणबहादुर बस्तीको एकजना गृहणी महिला सबिता गुरुङ उमेर ४५ नदीमा डुबेर निखोज बनेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार दलसिंहपाड़ा रामबहादुर बस्ती निवासी सबिता गुरुङ दाउरा खोज्दै जाने क्रममा आइतबार बिहान प्रायः ११.३० बजे अचानक तोर्षा नदीमा डुबेर बेपत्ता भएकी थिइन् भने उनको खोजी गर्न सम्पूर्ण गाउँलेहरु लागि पर्दा पनि कुनै पतो नलागेपछि आज अन्ततः एनडीआरएफका टोली नदीमा डुङ्गा लिएर ओर्लिएको थियो, तर यो समाचार लेखुञ्जेलसम्म बेपत्ता महिलाको पत्तो नलागेको बताइएको छ। यता उक्त घटनाले सम्पूर्ण दलसिंहपाड़ा क्षेत्रमा शोकको लहर छाएको छ भने घटनास्थलमा आज दलसिंहपाड़ा ग्राम पञ्चायतको उपप्रधान शम्भू जयसवाल पुगेर निखोज परिवारप्रति सम्वेदना व्यक्त गर्दै आफूहरुबाट जुन मदत हुन्छ गरिने आश्वासन दिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *