काेलकत्ता: भारतको सबैभन्दा विश्वसनीय र मनपर्ने स्मार्टफोन ब्राण्ड रेडमी-ले रेडमी नाेट १३ सीरीजको १५ मिलियनभन्दा अधिक स्मार्टफोन बेच्ने उपलब्धि हासिल गरेको छ। यस भारी सफलताको खुशीमा कम्पनीले यस सीरीजको फोनहरूका मूल्यमा भारी कटौतीको घोषणा गरेको छ। यसको साथमा कम्पनीले हालै अर्जेण्टिना फूटबल महासंघ (एएफए)-सँग गठबन्धनमा रेडमी नाेट १३ प्रो+ ५जी वर्ल्ड च्याम्पियन्स एडिशन लञ्च गरेको छ। नाेट १३प्रो+ ५जी वर्ल्ड च्याम्पियन्स एडिशन आधिकारिक रूपमा बिक्रीको निम्ति बजारमा उपलब्ध रहेको छ। रेडमीको यो विशेष संस्करण कम्पनीको आधिकारिक च्यानल, फ्लिपकार्ट र अमेजनमा बिक्रीको लागि उपलब्ध छ। यसको स्पेसिफिकेशनको कुरा गर्दा यसलाई रेगुलर मोडल जस्तै प्रस्तुत गरिएको छ। स्पेशल एडिशनमा एउटा कस्टमाइज्ड यूआई प्राप्त हुन्छ। ग्राहकहरूलाई यो केवल १२ जीबी/५१२ जीबी स्टोरेज भएको सिंगल भेरियण्टमा मात्र प्राप्त हुनेछ।
रेडमी नाेट १३ प्रो+ ५जी वर्ल्ड च्याम्पियन्स एडिशन-को स्पेसिफिकेशन्सः
यसमा तपाईंले १.५के रिजोल्युसन र कॉर्निंग गोरिल्ला ग्लास विक्टस सुरक्षाको साथ ६.६७-इञ्चको एमोलेड स्क्रिन पाउनु हुनेछ। परफर्मेन्सको निम्ति यसमा मीडियाटेक डायमेंसिटी ७२०० अल्ट्रा प्रोसेसर उपलब्ध गराइएको छ, जुन १२जीबी/५१२जीबी स्टोरेजमा आउँछ। क्यामेरा सेटअपबारे कुरा गर्दा, यसमा ट्रिपल रियर क्यामेरा युनिट छ। यसको मुख्य क्यामेरा २००एमपी छ। यस बाहेक यस डिवाइसलाई पावर दिन कम्पनीले यस फोनमा १२०वाट चार्जिंग सपोर्टको साथ ५,०००एमएएच ब्याट्री दिएको छ।
अपरेटिंग सिस्टमको बारेमा कुरा गर्दा यो रेडमी नाेट १३ प्रो+ वर्ल्ड च्याम्पियन्स एडिशन एण्ड्रोइड १३-मा आधारित एमयूआई १४.३-मा काम गर्दछ। यसलाई नयाँ सफ्टवेयर अपडेट पनि प्राप्त भएको छ। यो फोन आईपी६८ रेटिंगको साथ आउँछ। यसमा इन-डिस्प्ले फिंगरप्रिण्ट सेन्सर, यूएसबी टाइप-सी पोर्ट, एनएफसी, डल्बी एटमस जस्ता सुविधाहरू छन्।
मूल्य र अफरको विवरण:
रेडमी नाेट १३ प्रो+ वर्ल्ड च्याम्पियन्स एडिशनको मूल्यको बारेमा कुरा गर्दा, कम्पनीले यसलाई ३७,९९९ रुपियाँमा उपलब्ध गराएको छ। यसमा उपलब्ध अफरहरूबारे कुरा गर्दा, यदि ग्राहकले आईसीआईसीआई ब्यांक क्रेडिट कार्ड र डेबिट कार्ड मार्फत यो फोनको ईएमआई लेनदेन गरे, उसले तत्काल ३००० रुपियाँसम्मको छूट प्राप्त हुनेछ। त्यसपछि यो फोन ३४,९९९ रुपियाँको प्रभावकारी मूल्यमा खरीद गर्न सकिन्छ। यसका साथै कम्पनीले यो विशेष संस्करणमा ३,००० रुपियाँको एक्सचेञ्ज बोनस पनि उपलब्ध गराएको छ। ग्राहकहरूले यसलाई शाओमी रिटेल स्टोरहरू, फ्लिपकार्ट, एमाज़ॉन र एमआई.काेम बाट अर्डर गर्न सक्नेछन्।