मालदामा चट्याङले लागेर ११ जनाको मृत्यु, धेरै घाइते

IMG-20240517-WA0154

मालदा: मलादामा चट्याङले लागेर ११ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। समाचार अनुसार हिजो दिउँसो मालदाको हरिश्चन्द्रपुरमा एक्कासी पानी परेको थियो। सो क्रममा चट्याङ लागेर खेतमा काम गर्ने ११ जनाको ज्यान गएको थियो। जबकि कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। उनको विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement