कार अनियन्त्रित दुर्घटनाग्रस्त, यात्रुको ज्यान जोगियो

IMG-20240517-WA0157

सिलगढी: बागडोग्रा बुरी बालासनमा आज एउटा कार अनियन्त्रित हुँदा दुर्घटना भयो। दुर्घटनामा गाडीमा सवार यात्रुले ज्यान जोगाउन सफल भए। समाचार अनुसार धनबहादुर दर्नाल आफ्नी श्रीमती र छोरासँग कारमा सिलगढीमा डाक्टरलाई भेट्न जाँदै थिए। यसै क्रममा गाडी एक्कासी नियन्त्रण बाहिर गएर पुलको डिभाइडरमा ठोक्कियो। घटनामा कारको चक्का निस्कियो छ। यद्यपी यस दुर्घटनामा कुनै हताहतीको खबर आएको छैन।

घटनाको जानकारी पाएलगत्तै बागडोग्रा ट्राफिक गार्डका कर्मचारी घटनास्थलमा पुगे। उक्त गाडीलाई रिकभरी भ्यानले बरामद गर्यो। प्रहरीले यस विषयमा जाँच शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement