स्वेच्छा रक्तदान शिविर सम्पन्न

01Af9454fd5-a03c-458d-ac1f-4dca3237d9d0

कालचिनी: जयगाउँ स्थित हनुमान मन्दिर धर्मशालामा आज मारवाड़ी युवा मञ्च जयगाउँ शाखा, महिला शक्ति शाखा औ महेश्वरी युवा संगठनको संयुक्त आयोजनामा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी मारवाड़ी युवा मञ्चको पश्चिम बंगाल उपाध्यक्ष जयन्त मुद्राले दिएका छन्। आज उक्त अवसरमा समाजसेवी गणेश सरावगीले नरियल फुटाएर शिविरको शुभारम्भ गरेको थियो भने शिविरमा जम्मा ४५ यूनिट रक्त सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा गरिएको बताईएको छ। ब्लड ब्याङ्कमा रगतको अभावलाई ध्यानमा राखेर नै यो कार्यक्रम गरिएको संगठनका प्रतिनिधिहरुले जनाएका छन्।

About Author

Advertisement