तुफान पीडितलाई बीमा कर्मचारी युनियनद्वारा सहयोग

IMG-20240517-WA0149

जलपाईगढी: बीमा कर्मचारी संघले तुफान पीडितका परिवारलाई सहयोगको हात बढाएको छ। जलपाईगढी शहरको छेउमा रहेको खरिया ग्राम पंचायतको सुकान्तनगर कालोनी क्षेत्रमा हालै आएको चक्रवाती तुफानका कारण धेरै परिवारको ठूलो क्षति भएको छ। सरकारले सहयोग गरेको भए पनि त्यसरी आर्थिक सहयोग नपाएको परिवार पनि छन्। यस्ता चार परिवारलाई बीमा कर्मचारी युनियनले सहयोग गरेको छ। यी चार परिवारका लागि नयाँ टिनको घर बनाएर खाद्यान्न उपलब्ध गराइएको छ। विभागीय बीमा कर्मचारी युनियनका महासचिव सैकत चौधरीले यी चार परिवारलाई तुफानबाट भएको क्षतिबाट केही हदसम्म राहत प्राप्त भएको बताए। उनीहरूका लागि टिनको घर बनाइएको र उनीहरूलाई खाद्य सामग्री दिएर थोरै सहयोग गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement