कोचबिहार: भाजपाले ग्राम पंचायत प्रधानमाथि गोली चलाएको आरोप तृणमूल कांग्रेसले लगाएको छ। शितलाकुचीको लालबजार ग्राम पञ्चायतका प्रमुख अनिमेश रोयलाई खुट्टामा गोली लागेपछि कोचबिहारको एक निजी अस्पतालमा भर्ना गरियो। अनिमेष रोय हिजो पार्टीको कार्यक्रम सकेर घर फर्किंदै गर्दा भाजपा प्रायोजित मानिसहरुले हमला गरेको आरोप छ। गोली लागेर घाइते भएका उनलाई पहिले शीतलकुची प्राथमिक स्वास्थ्य केन्द्र, र पछि कोचबिहारको निजी अस्पतालमा लगियो।