उत्तर बंगाल विश्वविद्यालयका एक शोधकर्ता छात्राद्वारा आत्महत्या

Death-Image-Rep-copy-6

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयका एक शोधकर्ता छात्राले झुण्डिएर आत्महत्या गरेका छन्। ३० वर्षीया शोधकर्ता छात्रा शिव मन्दिर नजिकै बस्दै आएकी थिइन्। उनी उत्तर बंगाल विश्वविद्यालयको ग्रामीण विकास विभागमा अनुसन्धान गरिरहेकी थिइन्। उनको घर तुफानगञ्जमा रहेको बताइएको छ। स्थानीय स्रोतका अनुसार घरधनी घरभित्र पसेपछि उनलाई पंखामा झुण्डिएको देखे। त्यसपछि घटनाबारे मतिगढा पुलिस चौकीलाई खबर गरियो। पुलिसले घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। उनी मानसिक रुपमा निक्कै बलियो रहेको उनका साथीहरुले बताएका छन्। उनले सधैं उनीहरूलाई प्रेरणा दिने गरेको बताइएको छ। तर, उनलाई सधैं नोकरीको चिन्ता थियो। उनी आफ्नो कामको बारेमा सोच्न व्यस्त थिइन्। तर, यस्तो घटना के कारणले भयो भन्नेमा सबै अन्योलमा छन्। मतिगाढा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement