अलराउण्डरहरूका ऱ्याङकिंगमा हार्दिक सातौं स्थानमा

IMG-20240516-WA0276.jpg

दुबई भारतका हार्दिक पाण्ड्या टी२० अलराउण्डरहरूका आईसीसी ऱ्याङकिंगमा सातौं स्थानमा कायम छन्। यसबीच श्रीलंकाई स्पिनर वानिन्दु हसरंगाले बंग्लादेशका शाकिब अल हसनसँग संयुक्त रूपले शीर्ष स्थान हासिल गरेका छन्। हार्दिक १८५ पोइण्ट्सको साथ सातौं स्थानमा रहेका छन्। यसरी हसरंगा र शाकिबसँग २२८ पोइण्ट्स गरेर रहेको छ। अफगानिस्तानका मोहम्मद नबी २१८ पोइण्ट्सको साथ तेस्रो स्थानमा छन् जबकि चौथो स्थानमा रहने जिम्बाब्वेका सिकन्दर रजासँग २१० पोइण्ट्स छ। दक्षिण अफ्रिकाका एडेन मार्करम पाँचौं र अष्ट्रेलियाका मार्कस स्टोइनिस छैटौं स्थानमा छन् । टी२० ब्याटरहरूका ‌ऱ्याङकिंगमा भारतका सूर्यकुमार यादव ८६१ पोइण्ट्सको साथ शीर्षमा कायम छन् जबकि ईंग्ल्याण्डका फिल सल्ट ८०२ पोइण्ट्सको साथ दोस्रो स्थानमा छन्। पाकिस्तानका मोहम्मद रिजवान (७८१), बाबर आजम (७६१) र दक्षिण अफ्रिकाका मार्करम (७५५) क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। भारतका यशस्वी जयसवाल ७१४ पोइण्ट्स लिएर छैटौं स्थानमा छन्। बलरहरूका ऱ्याङकिंगमा ईंग्ल्याण्डका स्पिनर आदिल रशिद, हसरंगा र वेष्ट इण्डिजका अकील हुसैन शीर्ष तीनमा छन्। भारतका स्पिनर अक्षर पटेल चौथो र श्रीलंकाका महीष थीक्ष्णा पाँचौं स्थानमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement