पेरिस ओलम्पिकको निम्ति टेबल टेनिस टीमको चयन

IMG-20240516-WA0275.jpg

नयाँ दिल्ली: दिग्गज शरत कमल र विश्वकी २४औं नम्बरकी खेलाड़ी मनिका बत्राले यस साल हुने पेरिस ओलम्पिक खेलहरूमा भारतीय पुरुष र महिला टीमको नेतृत्व गर्नेछन्, जहाँ देशले टीम स्पर्धाहरूमा पदार्पण (डेब्यू) गर्नेछ। भारतीय टेबल टेनिस महासंघ (टीटीएफआई)-को सीनियर चयन समितिले बिहीवार ओलम्पिक मानदण्डहरू अनुसार ६ सदस्यीय टीम (प्रत्येक वर्गमा तीन) को चयन गऱ्यो। यसको साथमा एकल स्पर्धाहरूमा प्रतिस्पर्धा गर्ने खेलाड़ीहरूका पनि चयन गरियो। शरतको साथमा हरमीत देसाई र मानव ठक्कर तीन सदस्यीय भारतीय पुरुष टीममा रहेका छन् जबकि महिला टीममा मनिका, श्रीजा अकुला र अर्चना कामथ छिन्। प्रत्येक वर्गमा वैकल्पिक खेलाड़ीको रूपमा जी साथियान र आयहिका मुखर्जी रहनेछन्। पुरुष एकलमा शरत र हरमीतले प्रतिस्पर्धा गर्नेछन् जबकि महिला एकलमा मनिका र श्रीजाले चुनौती पेश गर्नेछिन्। यो निर्णय नवीनतम विश्व ऱ्याङकिंगको आधारमा लिइएको छ।
भारतीय पुरुष टीमः शरत कमल, हरमीत देसाई र मानव ठक्कर। वैकल्पिक खेलाड़ीः जी साथियान। भारतीय महिला टीमः मनिका बत्रा, श्रीजा अकुला र अर्चना कामथ। वैकल्पिक खेलाड़ीः आयहिका मुखर्जी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement