महेश्वर प्रधान-
गोरुबथान डायमण्ड क्लब माल बस्तीको आयोजनामा स्वतन्त्रता दिवस नकआउट फूटबल टुर्नामेन्टको आज अन्तिम खेलमा जलपाईगढी पुलिस बनाम ब्रदर्स इलेभेन कालचिनीमाझ सम्पन्न भयो। खेल अवधिमा तीन गोल हालेर जलपाईगढी पुलिस दल विजयी भएका छन्। आजको यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेर जलपाईगढी पुलिस दलका जर्सी नम्बर १३ म्यान अफ द् म्याच बनेका छन्। म्यान अफ द् म्याच ट्रफी दाता युद्धवीर उच्चतर माध्यमिक विद्यालयका सह शिक्षक रत्न बहादुर थापाले आफ्नो दिवंगत पिताको स्मृतिमा प्रदान गरेका हुन्। यस खेलको मुख्य निर्णायक उमेश शर्मा थिए भने सहायक निर्णायकमा अशोक रोय र आलो राई थिए। ज्ञात रहोस आउँदो १० अगस्तको दिन सेमीफाइनल खेलिनेछ। प्रथम सेमीफाइनल गोरुबथान युनाइटेड क्लब बनाम बुलेट इलेभेन मिनग्लासमाझ खेल्नेछ। यस नकआउट फुटबल टुर्नामेन्टको चुडान्त फाइनल खेल आउँदो १६ अगस्तको दिन सम्पन्न हुने जानकारी डायमण्ड क्लब माल बस्तीका सदस्य कुन्दन प्रधानले दिएका छन्।












