सांसद बनेको एक महिनामै बाँकेकी हसिना खान राज्यमन्त्री बनिन्

IMG-20240516-WA0249.jpg

झापा: अप्रत्यासित रुपमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी बाँकेकी हसिना खान स्वास्थ्य राज्यमन्त्री बन्न सफल भएकी छिन्।

बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खान २०२२ को निर्वाचनमा ज नता समाजबादी पार्टी नेपालबाट समानुपातिकमा मुस्लिम महिलाको कोटामा उम्मेदवार भएकी थिइन्। सो दलबाट मुस्लिम महिलातर्फ निर्वाचित मन्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार हसिनाले अप्रिल २०२४ मा मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिँदै अप्रत्यासित रुपमा संसद् छिर्ने मौका पाएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै जसपा नेपाल विभाजित भएर बनेको नवगठित जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका हुन्।

राज्यमन्त्री बनेपछि उनले भनिन् ” मुस्लिम समुदायबाट राजनीतिमा आउनु आफैँमा चुनौती हो। यो अवसर पाउनु मेरो लागि मात्र होइन, सिंगो समुदायकै लागि उपलब्धि हो, मेरो समुदायको प्रतिनिधित्वको सम्मान हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement