जनकपुरमा कांग्रेस नेताको पुत्ला दहन

IMG-20240516-WA0248.jpg

झापा: राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ।

संसदमा आज मई १६मा एकिकृत माले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेका छन्।

संघका केन्द्रीय नेता संजिव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरुले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement