४९औं राज्य दिवसको अवसरमा मेघीडाँडा युनाइटेड साेसाइटीद्वारा  सफाई अभियान

n6092247241715873931537245e59f79c208aeb5fe6a43d6a95d653aeba3163ad7a9e2856df50e48c8b3cf7.jpg

गान्तोक: मेघीडाँडा युनाइटेड साेसाइटीले आज ४९औं राज्य दिवसको अवसरमा व्यापक सफाई अभियान आयोजन गऱ्यो। यस क्रममा साङ्गादाेर्जी मेघीडाँडास्थित श्री सिहँ देवी मन्दिरदेखि रिन्छेनपाेङ प्राथमिक स्वास्थ्य केन्द्र परिसर हुँदै याङसुम राताेमाटे सडकसम्म सफाइ सम्पन्न गरियो।

साेसाइटीका अध्यक्ष पदम कुमार गुरुङ अनि सफाई शाखा प्रभारी जेबी जाेगीकाे अगुवाइमा साेसाइटीका सम्पूर्ण पदाधिकारीगण, सदस्यहरूले यहाँका सडक वरिपरि, नालीतिर छरिएको प्लास्टिक, पेय पदार्थको बाेत्तल आदि उठाएर बाेरामा हाल्ने कार्य गरे। जमा गरिएको फोहोर वाहनको माध्यमद्वारा निर्दिष्ट स्थानसम्म पुऱ्याउने कार्य गरियाे।

सर सफाईकाे कार्य साेसाइटीका अध्यक्ष प्रविण गुरुङकाे वासस्थानमा पुगेर विसर्जन गरेपछि एउटा सभा बस्यो। सभामा मेघीडाँडा, याङसुम राेड वरिपरिका हाेटल, दाेकान, घरहरुबाट निस्किने फाेहाेर मैलालाई उचित व्यवस्थापन गर्न साेसाइटीले नै पहल गर्ने निर्णय लिइयो। फाेहाेर मैला व्यवस्थापन हेतु प्रति घर या हाेटल, दाेकानबाट मासिक गाडी भाडा उठाउने निर्णय साथै शुल्क दर पनि ताेक्दै प्रस्ताव पारित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement