गौशाला–२६ को पक्षमा राजधानीमा प्रदर्शन

IMG-20240516-WA0237.jpg

झापा: राजधानीको माइतीघरमा बिहीबार( मई 16) गौशाला–२६ को पक्षमा प्रदर्शन भएको छ। क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएको भोलिपल्ट मई १६मा वैज्ञानिक समाजवादी महिला सङ्गठन, नेपालको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।प्रदर्शनमा सहभागीहरूले ‘पितृसत्ता मुर्दावाद, म पनि गौशाला–२६, महिलामाथि हुने सबै किसिमका हिंसा बन्द गर’ नारा अङ्कित प्लेकार्ड बोकेका थिए। गौशाला–२६ को उजुरीको आधारमा अदालतबाट सफाइ पाएका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत निलम्बन फुकुवा गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement