इम्फाल: मणिपुर पुलिसले एक युवकको हत्याको मामिलामा दशजना आरोपीहरूलाई पक्राउ गऱ्यो। ज्ञात रहोस्, थौबल जिल्लाको किबुंग माथक लिकाई क्षेत्रका मोइनम मोहम्मद टोम्बा (२०) नामक युवकको केही दिनअघि हत्या भएको थियो।
पक्रा पर्ने अभियुक्तहरूको पहिचान सलमान खुर्शीद (२९), मोहम्मद मंजुर (३९), हवाईबाम चेस्टर उपनाम चालम्बा (२९), सिनम ऐम्सम (२८), ओइनम लियोनांडो मैतेई (२५), मोहम्मद मजिबुर (१९), एलंगबाम गोबिन सिंह (३३), यांगखुबम रजिया (२२), मोहम्मद आजम खान (३२) एवं सिल्विया (१९) -को रूपमा भएको छ। यस मामिलामा अन्य आरोपीहरूली पक्राउ गर्नको लागि हरसम्भव प्रयास गरिँदैछ। अनुसन्धान पनि जारी छ।










