सिलगढी: पञ्जाबीपाडामा सुल्तानगञ्जबाट ल्याएको उत्तरमुखी गङ्गाजल सिलगढी नगरनिगमको १३ नम्बर वार्ड कमिटी एवम् वार्ड काउन्सिलर मानिक दे-को पहलमा वितरण गरियो। प्रत्येक वर्षझैँ यस वर्ष पनि भक्तहरूलाई गङ्गाजल तथा प्रसाद वितरण गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, बोरो चेयरम्यान जयन्त साहा, काउन्सिलर प्रीतिकणा विश्वास, मेयर परिषद सेविका मित्तल लगायत अन्यले गङ्गाजल वितरण गरे। यस अवसरमा काउन्सिलर मानिक दे-ले भने, यसभन्दा अघि पनि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको थियो। सुल्तानगञ्जबाट १२० लिटर उत्तरमुखी गङ्गाजल ल्याएर आज साधारण मानिसहरूलाई वितरण गरिएको हो।