झापा: मोरङको रङ्गेली नगरपालिका-३ स्थित आमतोलामा फर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। चार वर्षदेखि सञ्चालित सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो ।बिहीबार (मई १६)बिहान श्यामकुमार मण्डल सञ्चालक रहेको फर्निचरमा लागेको आगोले तयारी अवस्थामा रहेका सोफा, कुर्सी, विभिन्न मेशिन, आरा मिल लगायत जलेर नष्ट भएका छन्। यसैगरी कृपानन्द यादव सञ्चालक रहेको ट्याक्टर ग्यारेजमा आगलागी हुँदा लेथ मेसिन, ग्यास कटर, ग्यास बेल्डर, ड्रिल मेसिनसहितका सामाग्री जलेर नष्ट भएका छन्। ३ः३० देखि लागेको आगो नेपाल पुलिस , स्थानियवासी, रङ्गेली नगरपालिकाको दमकल र कानेपोखरी नगरपालिकाको दमकलको सहायताले ५ बजे नियन्त्रणमा लिइएको इलाका पुलिस कार्यालयका सन्तोष खड्काले जानकारी दिएका छन्।