बन्धन लाइफद्वारा इन्द्रनिल दत्तलाई चीफ बिजनेस अफिसर- ब्यांकास्योरेन्सको रूपमा नियुक्त

कोलकाता: बन्धन लाइफले इन्द्रनिल दत्तलाई चीफ बिजनेस अफिसर- ब्यांकास्योरेन्सको रूपमा नियुक्त गरेको घोषणा एक प्रेस विज्ञप्तिमा बताएको छ। विज्ञप्तिमा बताएअनुसार,  यो नियुक्तिले उत्पादन कोटिहरूमा विस्तारित उपस्थितिको साथ एक अग्रणी बहु-च्यानल जीवन बीमा कम्पनीमा रूपान्तरण गर्ने बन्धन लाइफको रणनीतिक प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। इन्द्रनिल दत्तले ब्यांकास्योरेन्समा विशेषज्ञता हासिल गर्दै बन्धन लाइफमा बीमा, ब्याकिङ र बिक्रीमा २३ वर्षको अनुभव ल्याउने बताएको छ। एक्सिस ब्यांकको सबैभन्दा ठूलो वितरण च्यानल बनेको म्याक्स लाइफसँगको सम्बन्ध विकास गर्न उनले महत्वपूर्ण भूमिका खेलेको पनि बताएको छ। यसअघि उनले टाटा एआईजी लाइफ इन्स्योरेन्स, एबीएन एम्रो ब्यांक र सिटी ब्यांकमा प्रमुख भूमिका निर्वाह गरेका थिए।

बन्धन लाइफका एमडी तथा सीईओ सतीश्वर बीले भने, ‘हामी इन्द्रनिल दत्तलाई हाम्रो नेतृत्व टोलीमा स्वागत गर्न पाउँदा खुशी छौं।  ब्यांकास्योरेन्समा उनको गहिरो विशेषज्ञता र रणनीतिक दूरदर्शिताले हाम्रो महत्वाकांक्षी विकास एजेन्डालाई अगाडि बढाउन सहायक हुनेछ। ‘भारत की उडान, बन्धन से’ प्रत्येक व्यक्तिको वित्तीय आकांक्षाहरू सुरक्षित गर्ने हाम्रो प्रतिबद्धता हो जसले हामीलाई यस मिशनसँग मिल्ने बलियो, दिगो ब्यांकास्योरेन्स व्यवसायलाई आकार दिन मद्दत गर्नेछ।‘ इन्द्रनिलले भने, ‘बृहत्तर भारतको वित्तीय लक्ष्यहरू सुरक्षित गर्न समर्पित गतिशील र युवा ब्राण्ड,बन्धन लाइफमा सामेल हुन पाउँदा म रोमाञ्चित छु। हामी हाम्रा ग्राहकहरूलाई उत्तम प्रदान गर्न नवीन उत्पादन समाधानहरूको श्रृंखलामा काम गरिरहेका छौं। हाम्रो ब्राण्ड प्रतिज्ञाअनुसार, ग्राहकहरू सधैं हामीले बन्धन लाइफमा गर्ने सबै कुराको केन्द्रबिन्दु हुनेछन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement