पाथीभरामा अप्रिलमा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

IMG-20240516-WA0201.jpg

झापा: देशको प्रसिद्ध शक्तिपीठ ताप्लेजुँग जिल्लाको पाथीभरामा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ। अप्रिलमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार (मई १४) मा सार्वजनिक गरेको हो ।समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए। समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ। गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए। चालु आर्थिक वर्षको अप्रिलसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ।

About Author

Advertisement