फाँसीदेवा दुर्घटनाका घाइतेहरुलाई भेटेर दुर्घटनाप्रति पपिया घोषद्वारा दुःख व्यक्त

IMG-20240516-WA0161

सिलगढी: सिलगढी डिभिजनको फाँसीदेवा क्षेत्रमा बुधबार भएको भीषण सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने कतिपय घाइते भएका छन्। घाइतेहरुको उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। दार्जीलिङ जिल्ला तृणमूल महिला समतलकी अध्यक्ष पपिया घोष घाइतेलाई भेट्न आज उत्तर बंगाल मेडिकल कलेज अस्पताल पुगिन्। उनले घाइतेको अवस्थाबारे जानकारी लिएपछि चिकित्सकसँग पनि कुराकानी गरी घाइतेको बारेमा जानकारी लिइन्।

त्यसपछि पत्रकारसँग कुरा गर्दै उनले यस घटनाप्रति दुःख व्यक्त गर्दै फाँसीसिदेवाको हेलागाछका जनता बिहारमा विवाहमा सहभागी हुन गएकाले यो अत्यन्तै हृदयविदारक घटना भएको बताइन्। उनले सरकार पीडित परिवारको साथमा रहेको बताइन्। घाइतेका परिवारलाई समय समयमा सहि जानकारी पाउनका लागि हेल्प डेस्क खोलिएको छ। घाइतेहरुको अहिले राम्रो उपचार भइरहेको र कैयौंको स्वास्थ्यमा पनि सुधार आएको उनले बताइन्।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement