साँझपखको ढुङ्गामुढाले गाउँलेहरू त्रसित

IMG-20240516-WA0139

जलपाईगढी: साँझदेखि शुरु हुन्छ ढुङ्गामुढा, यो अनौठो घटना जलपाईगढी जिल्लाको खरिया ग्राम पञ्चायतको पंगा साहेबबारी क्षेत्रमा भइरहेको छ। ढुङ्गा प्रहारबाट स्थानीयवासी त्रसित छन्। ढुङ्गा किन हानेको हो बुझ्नै सकिरहेका छैनन्। विगत केही दिनदेखि केही कुनिया असामाजिक तत्वले घरमा लगातार इँटा र ढुङ्गा प्रहार गरिरहेका छन्। यसबाट त्रसित भएका महिलाहरूले अन्ततः पुलिसमा उजुरी गरे।

जलपाईगढीको खरिया ग्राम पञ्चायतको पंगा साहेबबारी क्षेत्रका महिलाहरू पुलिस चौकी पुगेर पुलिसलाई आफ्नो घरमा हानिएको ढुङ्गा देखाए। उनले पुलिसमा लिखित उजुरी दिएका छन् भने महिला र बालबालिका पनि घरबाहिर बस्ने र ढुङ्गा प्रहारबाट धेरै चोटि घाइते भएका छन्। उनीहरूले भने, ‘जसका कारण हामी निकै आतंकित छौँ र ढुङ्गा हानेर घरमा राम्ररी सुत्न समेत पाएका छैनौँ।‘ पुलिसले यस विषयलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्ने आश्वासन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement