अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको निमाती क्षेत्रमा भएको सडक दुर्घटनामा पिकअप भ्यान चालकको मृत्यु भएको छ। मृतकको नाम मोहम्मद आलम हो। उनी कोलकाताका बासिन्दा थिए। एउटा पिकअप भ्यान असमबाट कोलकाता जाँदै गरेको बताइएको छ। त्यसपछि निमाती क्षेत्रमा सडक छेउमा रोकिएको ट्रकलाई पिकअप भ्यानले पछाडिबाट ठक्कर दिएको थियो।
जसका कारण पिकअप भ्यानका चालक मोहम्मद आलत गम्भीर घाइते भएका छन्। यता, घटनाको खबर पाएलगत्तै निमाती आउट पोस्टको पुलिसले घटनास्थलमा पुगेर उनलाई उद्दार गरी लताबादी अस्पताल पुर्याएकोमा उनको मृत्यु भएको थियो। पुलिसले लाशलाई पोष्टमार्टमका लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाएको छ।