एकिकृत माले सुनसरीको आठौँ अधिवेशनको ’लोगो’ सार्वजनिक

IMG-20240516-WA0071.jpg

झापा: नेकपा एकिकृत माले सुनसरीको आगामी मई १८- २० मई २०२४ मा हुने अधिवेशनका लागि ’प्रतीक चिह्न’ लोगो सार्वजनिक गरेको छ। इटहरीमा पत्रकार सम्मेलन गर्दै एकिकृत माले जिल्ला कमिटी सुनसरीले ’लोगो’ सार्वजनिक गरेको हो। लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र उद्यमशीलता लगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताए। ’पार्टी अधिवेशनले नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण मात्र नभएर, जिल्लाको समृद्धि र समग्र विकासको खाकासमेत कोर्ने भएकाले प्रतीक चिह्नले समेत नेकपा एमालेको जिल्ला निर्माणको भिजनको प्रतिनिधित्व गर्नुपर्छ,’ उपाध्यक्ष खनालले भने। एकिकृत मालेको सातौँ जिल्ला अधिवेशन इनरुवामा आयोजना गरिएको र आठौँ अधिवेशन इटहरीमा गर्न लागिएको उपाध्यक्ष खनालले बताए। पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई उनले जिल्ला अधिवेशन र यसको सन्देशलाई आम जनमानसमा पु¥याउन अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement