झापा: मई १५, आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको १५ मई १९९३मा चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सो दिनको स्मरणमा नेकपा एकिकृत मालेले हरेक वर्ष १५ मई विविध कार्यक्रम गर्दै आएको छ। एकिकृत मालेले आज पनि मदन नगर बल्खुमा कार्यक्रमको आयोजना गर्ने भएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। साल २००३ मई १५ मा चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए। चालक लामाको २००३ सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ।









