झापा: कञ्चनपुरमा एक किशोरी आफू बस्ने कोठामा मृत अवस्थामा फेला परिन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका- ८ धामी टोल स्थायी घर भएर भीमदत्त नगरपालिका- ४ मा कोठा भाडामा बस्ने १८ वर्षीया हेमा खड्का मृत फेला परेकी कञ्चनपुर पुलिसले जनाएको छ।कलिलै उमेरमा उनले लभ अर्थात् प्रेमकै कारण आफ्नो मृत्यु रोजिन्। पुलिसका अनुसार शव फेला पर्नुभन्दा केही समयअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। यसबाट सो मृत्युको घटनाले प्रेमको अन्धोपन उजागर गरिदिएको छ। प्रेम कति अन्धो हुन्छ, भनेर सो घटनाले पुष्टि गरेको छ। विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका १८ वर्षीय किशोर खगेन्द्र जाग्रीको मृत्यु भएपछि सो घटना भएको हो।