भुवनेश्वर: ओलम्पिक च्याम्पियन नीरज चोपड़ाले एकपल्ट फेरि स्वर्ण पदक जिते तर उनले सोचे जस्तो परिणाम हासिल गर्न सकेनन् अनि यसलाई स्वीकार पनि गरेका छन्। तीन सालमा पहिलोपल्ट भारतमा प्रतिस्पर्धा गरिरहेका वर्ल्ड च्याम्पियन ज्याभलिन थ्रो एथलीटले फेडरेशन कपमा ८२.२७ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ स्वर्ण पदक जिते। प्रतियोगितामा आफ्नो प्रदर्शनबारे चोपड़ाले भने, मलाई यहाँ प्रतिस्पर्धा गर्न सक्ने लाग्यो अनि यो असल रह्यो। यसबीच थ्रो-बारे चर्चा नगरौ। यो मैले चाहेको जस्तो रहेन। दोहा डायमण्ड लीगमा दोस्रो स्थानमा रहेपछि यहाँ आएका २६ वर्षीय स्टार एथलीट तीन चरणपछि दोस्रो स्थानमा रहेका थिए। उनले अझ भने, प्रतियोगिता असल थियो तर निक्कै गर्मी पनि थियो। यहाँ असल अनुभव भए त्यही अनुरूप प्रदर्शन गर्ने म शुरुमा सोचिरहेको थिए। म दोहामा खेलेर यहाँ आएको थिए अनि थकानबाट मुक्त हुन अधिक समय थिएन अनि यात्रा पनि गर्नु थियो। मैले त्यही अनुरुप आफ्नो प्रयास गरे अनि केवल चारवटा थ्रो गले कारण मलाई चेक रिपब्लिकको ओस्ट्रावामा गोल्डन स्पाईक प्रतियोगितामा २८ मईमा प्रतिस्पर्धा गर्नु छ। त्यसअघि मसँग केवल १० दिन रहनेछ। लामो समयपछि यस्तो मौसममा आएको छु। मलाई परिस्थिति त्यति राम्रो लागेन। यसैकारण चौथो थ्रो पछि प्रयास नगर्ने अठोट गरे।
ज्याभलिन थ्रो-मा नीरज चोपड़ाको साथमा किशोर जेना र डीपी मनुको प्रदर्शनमाथि सबैको नजर रहेको थियो। चोपड़ा र जेनाले पेरिस ओलम्पिकको निम्ति अगावै क्वालीफाई गरिसकेका छन्। स्पर्धामा नीरजले ८२.२७ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ स्वर्ण पदक जिते। यसरी डीपी मनु ८२.०६ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहे। यसबाहेक उत्तम पाटिलले ७८.३९ मीटरको थ्रो गरी काँस्य पदक जिते। चोपड़ालाई स्पर्धामा थकित देखियो कारण उनले व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८९.९४ मीटरको रहेको छ।