नयाँ दिल्ली: भारतीय फूटबल टीमका चमत्कारी कप्तान तथा भारतका फूटबल आइकन सुनिल छेत्रीले बिहीवार अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। उनले बताएअनुसार, आउँदो ६ जूनमा फिफा वर्ल्ड कप क्वालीफायरमा कुवैत विरुद्ध म्याचपछि खेललाई बिदाई जनाउनेछन्। राष्ट्रिय टीमका ३९ वर्षीय कप्तानले सोशल मीडियामा शेयर गरेको भीडियोमा यस्तो जानकारी दिएका छन्। सुनिलले १२ जून २००५-मा पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय डेब्यू (पदार्पण) गरेका थिए अनि त्यस म्याचमा उनले भारतको निम्ति आफ्नो पहिलो गोल पनि गरेका थिए। सुनिल छेत्रीले २० सालको भव्य करियरमा भारतको निम्ति १४५ वटा म्याच खेलेर ९३ गोल गरेका छन्। सुनिल भारतको निम्ति सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने र सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाड़ी हुन्। अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्ने सक्रिय खेलाड़ीहरूका सूचीमा अहिले उनीभन्दा अघि पोर्तुगलका क्रिस्टियानो रोनाल्डो (१२८) र अर्जेण्टिनाका लियोनल मेस्सी (१०६) मात्र रहेका छन्।
सुनिल छेत्रीले आफ्नो भीडियोमा भारतको तर्फबाट पदार्पणदेखि लिएर आफ्नो पूरा करियरलाई याद गरेका छन्। लगभग ९ मिनटको भीडियोमा भारतीय कप्तानले भनेका छन्, एउटा यस्तो दिन जसलाई म कहिले भुल्न सक्दिन अनि त्यो जब मैले आफ्नो देशको निम्ति पहिलोपल्ट खेलेको थिए। त्यो अविश्वसनीय क्षण थियो। एक दिन अघि मेरो पहिलो राष्ट्रिय टीमका प्रशिक्षक सुखी सर (सुखविन्दर सिंह) मलाई भेट्न आए। उनले मलाई तिमी खेल्नेछौ भने। मैले त्यस समय कस्तो अनुभव गरिरहेको थिए भन्ने म तपाईंलाई बताउन सक्दिन। मैले आफ्नो जर्सी लिएँ अनि त्यसमा पर्फ्यूम छर्किए। त्यस्तो किन गरे भन्ने मलाई थाहा छैन। त्यस दिनलाई म कहिले भुल्ने छुइनँ। त्यो मेरो राष्ट्रिय टीमसँगको यात्राको सबैभन्दा असल दिनहरूमा एउटा थियो। गत १९ वर्षमा मलाई कस्तो अनुभव भयो भन्ने तपाईंहरू जान्नु हुन्छ। त्यो कर्तव्यको दबाउ अनि अपार खुशीबीच एउटा धेरै राम्रो संयोजन। मैले व्यक्तिगत रूपमा चाहिँ यस स्तरसम्म पुग्ने कहिले सोचेको थिइनँ। गत डेढ़-दुई महिनामा मैले धेरै सोच-विचार गरे। मैले फसेला गरेको छु अनि भारतको निम्ति आउँदो म्याच मेरो अन्तिम म्याच हुनेछ।
भारतीय कप्तानले आफ्नो करियरमा जम्मा ६ पल्ट एआईएफएफ प्लेयर अव् द ईयर-को पुरस्कार जिते। यसबाहेक २०११-मा उनलाई अर्जुन पुरस्कार अनि २०१९-मा उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। अन्तर्राष्ट्रिय मञ्चमा सुनिल छेत्री एएफसी-मा खिताब जित्ने भारतीय टीमहरूका हिस्सा रहे। उनी २००८-मा च्यालेञ्जर कप, २०११ र २०१५-मा साफ च्याम्पियनशीप, २००७, २००९ र २०१२-मा नेहरु कप तथा २०१७ र २०१८-मा इण्टरकण्टिनेण्टल कप जित्ने भारतीय टीमको हिस्सा रहे। फिफा वर्ल्ड कप क्वालीफायरमा भारत ग्रुप ए-मा दोस्रो स्थानमा रहेको छ। यस ग्रुपमा कतर ४ पोइण्ट्सको साथ शीर्षमा रहेको छ। यसरी कुवैत चौथो स्थानमा रहेको छ।