काेलकत्ता, १५ मईः काेलकत्ता नाइट राइडर्स (केकेआर)-का आक्रामक ओपनिंग ब्याटर फिल सल्टले लीग चरणमा उत्कृष्ट प्रदर्शनपछि उनको टीमले आईपीएल २०२४-को प्लेअफ्-मा पनि लयलाई कायम राख्ने दावी गरेका छन्। दुईपल्टको च्याम्पियन केकेआर अहिले आईपीएल टेबलको शीर्षमा रहेको छ अनि टीमले अगावै प्लेअफ्-मा प्रवेश गरिसकेको छ। अहिले ईंग्ल्याण्ड फर्किसकेका सल्टले केकेआर-को नाइट्स डगआउट पोडकास्टमा भने, यो प्रत्येक म्याचको निम्ति रणनीति बनाउने कुरा हो। हामी अहिले लयमा छौं, जुन प्लेअफ्-मा कायम रहनेछ। हामी प्रत्येक म्याच जित्न चाहन्छौं। यसरी देब्रे हातका अष्ट्रेलियाई पेस बलर मिचेल स्टार्कले भने, हाम्रो यो सीजन निक्कै सफल रह्यो। हामी ट्रफी जित्न आएका छौं अनि यस लक्ष्यमा सफल हुने आशा छ। आईपीएलमा १० सालपछि खेलिरहेका स्टार्कले भने, म लामो समयपछि खेलिरहेको छु। साल २०१८-मा मलाई चोट लागेको थियो। अहिले मैदानमा फर्किएर असल अनुभव गरिरहेको छु। टीमको निम्ति विकेट निकाल्न सकेर म खुशी छु।